इटहरीः इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गाैतम गुर्जाे खाेज्न जंगल पुगेकी छिन् । त्याे उनका आफन्तका लागि भने हाेइन ।
उनले इटहरी क्षेत्रमा रहेका काराेना सँक्रमितकाे घरघर पुगेर हाैसला बढाउने काम गरिरहेकी छिन् । आयुर्वेद ज्ञानमा गुर्जाे राेगसँग लड्ने प्रतिराेधी क्षमता बलियाे बनाउने बहुउपयाेगी हुने उल्लेख भएअनुसार आफुले आवश्यक गुर्जाे सँकलनका लागि इटहरी ३ काे घना जँगल पुगेकाे बताइन् । केहि सहयाेगीसहित पुगेकी गाैतमले सँक्रमित घरमै बसिरहेकाे हुँदा आफ्नाे वरीपरी रहेका जटडिवुटि लिन जान नपाएकाे हुँदा आफुले सहयाेग गरेकाे बताइन ।
'चिकित्सकले समेत गुर्जाेले इम्यूनिटि पावर बढाउने बताएका छन् ।' उनले भनिन् 'घरमै रहेका सँक्रमित बाहिर निस्कन पाउनु भएकाे छैन, त्यसैल म अाँफै पुगेर ल्याएकी हुँ ।'
उपमेयर गाैतमले दुइ दिन देखि सँक्रमितकाे घरघर पुगेर स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिन थालेकी छिन् । स्वास्थ्यकर्मीसहित पुगेकी उपमेयरले अहिलेसम्म २५ सँक्रमितलाइ घरमै पुगेर हिम्मत बढाउन ढाडस दिएकी छिन् । उले सँक्रमितकाे घर जाँदा फलफूल लग्ने गरेकी छिन् । जसमा गुर्जाे अनिवार्य छ ।
'अाफ्नै वरीपरी रहेका यस्ता बहुगुणाी अाैषाधीकाे उपयाेग काेराेना सँक्रमित भएकाे बेला मात्र हाेइन, अरू बेला पनि उपयाेग गर्नुपर्छ ।' उपमेयर गाैतमले भनिन्