विराटनगरः विराटनगर उच्च अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण रहेकाे पुष्टि भएको छ ।

गत साेमवार स्वाव सँकलन गरिएकाे न्यायाधिशमा बुधवार काेराेना सँक्रमण भएकाे पुष्टि भएकाे हाे । उनकाे काेशी अस्पतालकाे व्यावमा पिसिआर परिक्षण गरिएकाे रजिष्टार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । उनका अनुसार न्यायाधिशमा काेराेनाकाे कुनै लक्षण देखिएकाे छैन ।  तर, उनका चालकमा काेराेना सँक्रमणा देखिएपछि न्यायाधिकले पनि स्वाव दिएका थिए ।  विहिवारदेखि न्यायालयकाे काम राेक्ने तयारी भइरहेकाे थपलियाले जानकारी दिए ।

यस अघि माेरङ जिल्ला अदालतलका न्यायाधिक र कर्मचारीलाइ समेत काेराेना पाेजेटिभ भएपछि अदालत केहि दिन बन्द गरिएकाे थियाे ।

विराटनगर क्षेत्रमा हालसम्म ८ सय ५५ संक्रमित पुगेका छन् भने ८६ व्यक्ती काेराेनामुक्त भएका छन् ।