धरान: आज धरानमा १० बर्षीया बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका ६ जना मध्ये र ३ जना धरान १७ स्थित एन्फा क्वारेन्टिनमा सुरक्षार्थ खटिएका नेपाली सेना हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार क्वारेन्टिनमा खटिएका २६ बर्ष, २५ बर्ष र २७ बर्षका सैनिकहरुमा संक्रमण पुष्टि भएको छ । उनीहरुलाई अहिले हल्का ज्वरो आउन थालेको पनि जानकारी आएको उनले बताए ।

यस्तै, धरान १७ की एक जना ३९ बर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । अन्य २ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहने हुन् । उनीहरुको वीपीको हेल्प डेस्कमा स्वाब संकलन गरिएको थियो । ती मध्ये एक जना मेडिसिन युनिट ३ मा कार्यत हेल्ड एडकी १० बर्षीया भाञ्जि हुन् । अर्का एक जना संक्रमित १७ बर्षीय पुरुष छन् । उनी पनि प्रतिष्ठानको टि.बि.ल्याबमा काम गर्ने हेल्थ एडकै छोरा भएको जानकारी स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिए । अहिलेसम्म धरानमा संक्रमितहरुको कुल संख्या १४० पुगेको पनि उनले बताए ।