धरान: धरानमा आज ८ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब लिएका ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ती मध्ये ५ जना धरान १८ ठेगाना भएकाहरु छन् । एक जना वीपी प्रतिष्ठानकै आँखा विभागकी हेल्थ एड पनि छन् ।
स्वस्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १८ का एकै घरका ७२ बर्षीया महिला, ५३ बर्षीया महिला, ४४ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । उक्त घरमा यसअघि एक पुरुषमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरेर उनीहरुको स्वाब संकलन गरिएको थियो ।
यसबाहेक वडा १८ कै ४२ बर्षीया र ४७ बर्षीया महिला छन् । धरान ५ ठेगाना भएकी ३६ बर्षीया महिलाको पनि संक्रमण पुष्टि भएको छ । धरान १० का २० बर्षीय पुरुष र धरान १२ का १७ बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ ।