धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने दुवै प्रदेश नं २ को सप्तरी जिल्लाका हुन् । दुवै जना पुरुष छन् । प्रतिष्ठानका अनुसार एक जना राजविराज ७ का ५५ बर्षीय पुरुष छन् । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले रिफर गरेपछि भदौ ४ गते मेडिसिन वार्डमा भर्ना भएका थिए । उनको भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि ८ गते कोभिड अस्पतलमा भर्ना गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
उनको आज दिउँसो १ बजेर १५ मिनेटमा निधन भएको सापकोटाले जानकारी दिए । उनलाई विगत १५ बर्षदेखि मधुमेह र उच्च रक्तचापको समस्या थियो । पछिल्लो समय रक्तअल्पता,कामजोरी र मधुमेहको समस्या नियन्त्रण हुन नसकेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।
यस्तै, अर्का राजविराज ७ कै ५० बर्षीय पुरुषको मृत्यु भएको छ । उनको आज २ बजेर २ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ । राजविराज अस्पतालबाट रिफर भएर आएका उनलाई आजै १ बजेर २० मिनेटमा प्रतिष्ठानको इर्मजेन्सीमा भर्ना गरिएको थियो । उनलाई विगतदेखि नै मधुमेहको समस्या भएको थियो । प्रतिष्ठान आइपुग्दा सिकिस्त अवस्था भएको र पछिल्लो समय ज्वरो, श्वासप्रश्वासमा कठिन, सरिर सिथिल हुने लगायत समस्या भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।