विराटनगरः उपचार गराउन विराटनगरको गोल्डेन अस्पताल आएका सप्तरीका सदा दम्पतीलाई अझै कसैले उद्धार गरेको छैन ।

उनीहरु साउन पहिलो साता उक्त अस्पताल आएका थिए । छिमेकीले पिटेर उपचार गराउन आएका सदा दम्पतीले उपचार खर्च तीन नसकेर अस्पताले घर जना नदिएको हो । अग्रिसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ का शिवचन्द्र सदा र उनी श्रीमती मलियादेवीलाई डेढ महिना देखि अस्पतालले बन्धक बनाएको र अहिलेसम्म कसैले पहल नगरेको पीडितले बताएका छन् । सदाका अनुसार उनीहरु अहिले केहि दाताले दिएको खाना खाएर बाँचिरहेका छन् । यस अघि अस्पतालले खाना दिने गरेपनि अहिले छाडेको उनीहरुले जानकारी दिए ।

साउन दोस्रो साता निको भएका उनीहरुको उपचार खर्चवापत ५५ हजार तीर्न नसकेका हुन् । तर, अहिलेसम्म अस्पतालको वेडमै रहेका उनीहरुको खर्च १ लख ६० हजार पुगिसकेको अस्पताल प्रशासनले बताएको छ ।

यता अस्पताल प्रशासनले भने आफुुले बन्धक नबनाएको जिकिर गर्दै आएको छ । गोल्डन अस्पतालका प्रबन्धक महम्मद ज्याहुल हकले केहि उपचार बाँकि नै रहेको बताए । उनले अब घर जाँदा पनि हुन्छ मात्र भनेको तर, उपचारको पैसा नतिरेको हुँदा हामीले सो खर्चवापतको रकमदिएर जान भनेको बताए । उनको घुुमाउरे कुराले पीडित  बन्धक बनेको प्रष्ट हुन्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सदा दम्पतीलाई अस्पतालले बन्धक बनाएको खबर थाहा पाएपनि उक्त खबर मोरङकै भएको भन्ने एकिन नभएको हुँदा प्रक्रिया अघि बढाउन नपाइएको बताए । उनले पीडितबारे अवस्था बुुझ्दै बन्धकमुक्त गर्ने बारे प्रक्रिया बढाइने बताए ।