धरान: धरानमा आज थप ४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ३ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने एक जना धरान २ का ३३ बर्षीय पुरुष हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार योसँगै धरानमा कुल संक्रमितहरुको संख्या २०७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या ७४ छ भने ६ जना संक्रमितको निधन भइसकेको छ ।

वीपी प्रतिष्ठानमा सर्जरी युनिट २ मा कार्यरत एक जना हेल्पर र २ जना हेल्थ एडमा संक्रमण पुष्टि भएको हो । उनीहरु तिनै जना महिला हुन् । एक जना ४० बर्षका छिन् भने २ जना ३८ बर्षीया हुन् । ती मध्ये ४० बर्षीया महिलाको घर धरान १५ महादेव चोक हो । तर, उनी क्वारेन्टिनमा रहेको र उतैबाट स्वाब लिएको पाइएको महाशाखा प्रमुख मेहताले जानकारी दिए । धरान २ का व्यक्तिको घर निकेतन स्कुल नजिकै भएको पनि उनले खुलाए । यसबाहेक वीपी प्रतिष्ठानको मेडिसिन युनिट ३ सँगै रहेको पल्मोनोलोजी वार्डका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । विरामी लेटांग भोगटेनी नगवरपालिका ५ का ४४ बर्षीय पुरुष हुन् । उनलाई कोभिड अस्पतालमा सारिएको प्रतिष्ठानले जनाएको छ ।