विराटनगरः माेरङ जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरेकाे छ ।
आज एक सुचना प्रशाकित गर्दै प्रमुख जिल्ला अधिकारी काेशहरि निराैलाले २२ गते राति देखि लागु हुने गरि भदाै २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाकाे समय बढाएकाे जानकारी दिएका छन् । स्थानीय प्रशासन ऐन २०२८ काे दफा ६(३) बमाेजिम माेरङ जिल्लाभरी याे नियम लागु हुने बताइएकाे छ । प्रमुख जिल्ला अधिकारी निराैलाका अनुसार हाललाइ अर्काे सुचना नहुन्जेल कुनै पनि सार्वजनिक सवारी सँचालन गर्न पाइने छैन भने सिटि रिक्साकाे हकमा जाेर विजाेर प्रणाली अनुसार बढीमा दुइ जना यात्रु मात्र राखेर सँचालन गर्न पाइने छ ।
त्यस्तै, नेपाल सरकारले मापदण्ड पुरा गरेर सँचालन गरेका पसल साँझ ७ बजेपछि अनिवार्य बन्द गर्नुपर्ने छ भने औषधी पसलकाे हकमा चाैबीसै घण्टा सँचालन गर्नुपर्ने छ । हाेटल रेष्टुरेन्टकाे हकमा भने भिडभाड गर्न बन्देज लगाइएकाे छ । साथै अर्डर दिएका खाना लिएर जान पाइने छ भने हाेम डेलिभरि गर्न राेक लगाइनेछैन । जीमखाना, ब्यूटिपार्लर, हटिया, गुद्रिबजार, कभर्टहल भने पुर्ण रूपमा बन्द गर्नुपर्ने छ । ठुला सेमिनार, गाेष्टि, भेला बैठक गर्न पाइनेछैन । सरकारी कार्यालयकाे हकमा भने कम भिडभाड गरि आलाेपालाे सिस्टममा सेवा प्रवाह गर्नुपर्न छ ।
जिल्लाभर राति ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर हिँड्न प्रतिबन्द गराइएकाे छ भने १० वर्षसम्म र ६० वर्षभन्दा माथिका व्यक्तीलाइ घरबाहिर निस्कन नदिन आग्रह गरिएकाे छ । त्यस्तै उद्याेगहरूले नेपाल सरकारले जारी गरेकाे मापदण्डकाे आधारमा सँचालन गर्न पाइने छ भने उत्पादित बस्तुकाे वजारिकरणका लागि कुनै अवराेध हुनेछैन । याेसँगै एकिकृत भन्सार जाँच चाैकीबाट आयात हुने सामाग्री र छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाइ भने प्रशासकाे सहयाेगमा नेपाल आउन राेकिनेछैन ।
त्यस्तै जिल्ला भित्रकाे आवागमनलाइ नियन्त्रण गर्ने जिल्ला भित्रिनका लागि अनिवार्य जिल्लाकाे पास आवश्यक रहने उल्लेख गरिएकाे छ । प्रशासनले जारी गरेकाे सुचनामा भनिएकाे छ, 'सम्बन्धित जिल्लाकाे सवारी पास बाहेक कुनै पनि जिल्लाकाे सवारी साधान याे जिल्लामा प्रवेश गर्न पाइनेछैन ।' प्रशासनले जिल्लाभरी दैनीक उपभाेग्य वस्तु ग्याँस, इन्धन, खाद्यवस्तु लगाएतकाे कृतिम मुल्यबृद्दि गरेकाे पाइए कानून बमाेजिम कडा कारबाही गर्ने चेतावनी दिएकाे छ ।