विराटनगरः प्रदेश १ का डिआईजी इश्वरबाबु कार्कीलाई कोरोना संक्रमण भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका ५२ वर्षीय डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको हो । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुँईकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो ।
कार्कीसहित उनको परिवार र सचिबालयका ५ जनाको स्वाब परीक्षण गर्दा अन्यको भने नेगेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा हालसम्म ३५५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये २२० जना डिस्चार्ज भइसकेका छन्। विराटनगरमा मंगलबार ११ महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।