इटहरीः इटहरी उपमहानगरपालिका भित्र थप १४ जना कोरोना सँक्रमित थपिएका छन् ।

थपिनेमा वार्ड नम्बर ४ का ५० र ५७ वर्षीय पुरुष रहेको इटहरी अस्पतालका इमेर्जेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिएका छन् । उनका अनुसार सोहि वडाका १७ र ५१ वर्षीया महिलामा पनि कोरोना सँक्रमण पुष्टि भएको छ । त्यस्तै वार्ड नम्बर ५ मा समेत थप ४ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । सँक्रमण हुनेमा ५० वर्षीया २ महिला रहेका छन् भने ३९ र ५७ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै इटहरी ८ मा १ शिशूसहित  थप ५ जनालाई कोराना देखिएको छ । सँक्रमितहरु ९ महिने शिशु, २ वर्षीया बालिका सहित ३२ र ५२ वर्षीय महिला छन् । त्यस्तै ६२ वर्षीय एक पुरुषमा पनि कोरोना देखिएको छ । इटहरी १२ मा भने ५८ वर्षीय पुरुषमा कोरोना सँक्रमण पुष्टि भएको छ । इटहरीमा हालसम्म ३०४ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ ।