धरान: धरानमा आज (आइतबार) साँझ एकै वडामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।
धरान १६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । भदौ २६ गते एन्फा एकेडेमीमा स्वाब लिइएकाहरुमध्ये एकै वडाका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार यसअघि संक्रमण पुष्टि भएको ७८ बर्षका वृद्ध र ७० बर्षकी वृद्धा दम्पत्तिको कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिइएकाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएकाहरुमा ९ जना महिला र ४ जना पुरुष छन् । महिलामा ४५ बर्षीया, २९ बर्षीया, १४ बर्षीया, १७ बर्षीया, १२ बर्षीया, २९ बर्षीया, ५७ बर्षीया, ३२ बर्षीया र ३८ बर्षीया छन् भने पुरुषमा ५३ बर्षीय, २४ बर्षीय, ५४ बर्षीय र २७ बर्षीय छन् । उनीहरु हाल घरमा नै रहेको र भोली मात्र के गर्ने भनेर निर्णय गरिने मेहताले बताए । यसअघि संक्रमण पुष्टि भएका वृद्ध दम्पत्ति पनि घरमा नै आइसोलेसनमा बसेका छन् । वृद्ध दम्पत्तिको पक्की र काठको घर छ । सोही घरमा ६ परिवार भाडामा बस्दै आएका छन् । आज संक्रमण पुष्टि भएकाहरु सोही ६ परिवारका हुन् ।