धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक अस्पताल निर्देशकमा डा.प्रमोद वराल नियुक्त भएका छन् ।

उनलाई आज उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सहायक अस्पताल निर्देशक पदमा नियुक्त गरेका हुन् । यसअघिका अस्पताल सहायक निर्देशक डा.विकास साहको पदावधि समाप्त भएपछि यो पद रिक्त रहेको थियो । सहायक अस्पताल निर्देशको पदावधि २ बर्षको हुन्छ । डा.वराल हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसर रहेका छन् ।यस्तै, मेट्रोनमा गायत्री राई नियुक्त भएकी छिन् । उनलाई पनि उपकुलपति डा.गिरीले आजै नियुक्ती पत्र थमाएका छन् ।