धरान:धरानमा आज मंगलबार साँझ ६ जना प्रहरीसहित २६ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमण पुष्टि भएका मध्ये इलाका प्रहरी कार्यालयका ४ जना र वडा प्रहरी कार्यालयका २ जना प्रहरी छन् । उनीहरु ३ महिला प्रहरी र ३ जना पुरुष प्रहरी भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यसैगरि, धरान १३, फुस्रेस्थित आर्मी क्याम्पका ७ जना आर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । ती सबै पुरुष छन् ।
यस्तै, आज दिउँसो मृत्यु भएका ७० बर्षीय कोरोना संक्रमित वृद्धका परिवारका सहित वडा नं १७ मा १० जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरु ५ जना महिला र ५ जना पुरुष छन् । मृतक वृद्धका परिवारका ९ जना र एक जना छिमेकी भएको मेहताले जानकारी दिए ।
यसैगरि, धरान १५ का ३५ बर्षीय पुरुषलाई पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, वीपी प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिएका २ जना पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरुमध्ये एक जना वडा नं ७ का ४२ बर्षीय र अर्का वडा नं १२ का ३८ बर्षीय पुरुष छन् । दुवै जनालाई ज्वरो, खोकी र टाउको दुखेर हिजो स्वाब जचाउन गएका थिए । योसँगै धरानमा कुल संख्या संक्रमित संख्या ३५७ पुगेको छ ।