विराटनगर: विराटनगर महानगरपालिकाले अब स्वाब संकलनमा मोवाइल पिसिआर भेन प्रयोग गर्ने भएको छ ।

मोटर उत्पादन कम्पनी हुलासले ४ लाख लागतमा संक्रमित भएको क्षेत्रमा नै पुगेर स्वाब संकलन गर्न मिल्ने मोवाइल भ्यान निर्माण गरेपछि यो सम्भव भएको हो । यसका लागि महानगर र रोटरी क्लब अफ विराटनगरले सँयुक्त लगानी गरेका छन् । विराटनगरमा मेयर भीम पराजुलीले संक्रमित भएर स्वाब दिने ठाउँसम्म पुग्न नसकेका अशक्त, बृद्ध र बालबालिकाका लागि यो भेन प्रयोग गरेर स्वाब सँकलन गरिनेछ । प्राविधिक जाँचबाट यसले सुरक्षितरूपमा स्वाव लिन सकिने हुँदा यो प्रभावकारी हुने मेयर पराजुलीको भनाइ छ ।

महानगरमा मोबाइल पीसीआर टेस्टिङ हुने भएको छ । स्थानीय स्रोतसाधनबाट अत्याधुनिक र सुविधा सम्पन्न मोबाइल स्वाब भेन निर्माण गरी यो सेवा प्रवाह गर्न लागिएको हो । विराटनगर महानगरपालिका र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भेन निर्माण भएको हो ।

भेनमा सेन्सर सेनिटाइजर ,भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ । पीसीआर र आरडीटी गर्न अत्यन्त सहज हुने बताइएको छ । मोबाइल स्वाब भेन आएसंगै सेवा लिन नसक्ने वर्ग लाभान्वित हुने स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । उनले सेवा प्रवाहमा कुनै कसर बाँकी नराखिने बताएका छन् । यो भेन निर्माणका क्रममा विराटनगर महानगरका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहाल, डा.प्रज्वल खतिवडाले प्राविधिक पाटोमा सहयोग गरेका थिए ।