विराटनगर: प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १२ महिला र ४७ जना पुरुष छन् । 

मोरंगमा ३२ जना थपिएका छन् भने सुनसरीमा २२ जना संक्रमित थपिएका छन् । यस्तै, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला र ६ पुरुष, बुढीगंगामा ४ महिला र १ पुरुष, कटहरीमा ३ महिला र १ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तैगरि, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ ।

प्रदेश १ बाट आज ७१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र, सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आईसोलेसन, कालिसदन आईसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ ।