इटहरीः इटहरी उपमहानगरपालिकाले कोरोनासँक्रमित व्यक्ति बस्ने आइसोलेसन तयार पारेको छ ।
इटहरी रँगशाला भित्रका विभिन्न सँरचनामा महिला पुरुष बस्ने इन्टरनेट सुविधासहितको ९२ वेडको व्यवस्थित आइसोलेसन तयार पारेको हो । यसअघि सँक्रमित होम क्वारेन्टाइनमा वा सँक्रमितको अवस्था हेरी मोरङ गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालय परिसरको आइसोलेसन र धरानको विपी प्रतिष्ठानको कोभिड उपचार केन्द्र पठाउने गरिएको थियो । सँक्रमितको दर दिनदिनै बढ्दै जान थालेपछि इटहरी उपमहनगरपालिकाले आफ्नै आइसोलेसन बनाएको हो । आज नगरस्तरीय बैठक बसी भोली देखि यसको सँचालन हुने नगरका स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीले जानकारी दिए ।
रगशालाको फराकिलो क्षेत्रफलमा बनेका सँरचनामा सुरक्षाकर्मी, स्वासथ्यकर्मी, एम्बुलेन्स चालक, महिला तथा पुरुष सँक्रमित बस्ने छुट्टाछुट्ै आवास बनाइएको छ । उनीहरुका लागि अलत अलत टुवाइलेट र बाथरुम बनाइएको छ । आइसोलेसन परिसरमा तारघेरा लगाइएको छ भने सुरक्षाकर्मीको चौबीसै घण्टा सुरक्षा रहने व्यवस्था गरिएको छ ।
इन्टरनेट सुविधा जडान गरिएको छ भने सुरक्षाकर्मीको कार्यालयबाट निगरानी गरिने गरि सिसि क्यामरासमेत जडान गरिएको छ । महिलाका लागि ३६ वेड, पुरुषका लागि ५० वेडर अन्य ६ वेड गरि ९२ वेडको आइसोलेसन तयारी पारिएको इटहरी उपमहानगरपालिकाका कोभिड १९ क्वारेन्टिन व्यवस्थापन उपसमितिका सदस्य सचिव महेश सुवेदीले जानकरी दिए । इटहरीमा हालसम्म ४ सय ९ जना कोरोना सँक्रमत रहेका छन् भने १ सय ५० जना कोरोनामुक्त भएका छन् । जटिल उपचारपछि ३ जना व्यक्ति सँक्रमणमुक्त भएर घरफर्केका छन् ।