विराटनगर: प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरु मध्ये सुनसरीका ३६ जना छन् भने मोरङमा ३० जना संक्रमण पुष्टि भएको छ । यस्तै, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ छन् भने प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ७ महिला र ७ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । इटहरीमा २ महिला र ९ पुरुष, दुहवीमा ३ महिला र ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसैगरि, मोरङको विराटनगरमा ६ महिला र १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष कोरोना पोजेटिभ छन् भने उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ । ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला र २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष छन् । झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४ जना डिस्चार्ज भएका छन् । यसैगरि, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ ।