धरान: धरानस्थित नेपाल टेलिकमका ७ जना कर्मचारीसहित धरान ठेगाना लेखिएका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो पिसिआर परिक्षणको आज(मंगलबार) राती आएको रिपोर्ट अनुसार धरानमा १७ जनामा संक्रमण देखिएको छ । ती मध्ये धरान १ ठेगाना भएका ७ जना भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ती मध्ये ५ जना पुरुष र २ जना महिला छन् ।
यस्तै, धरान ११ ठेगाना भएकी ६७ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ भने धरान १८ ठेगाना भएका २९ बर्षीय, ३० बर्षीय, ४३ बर्षीय र ५० बर्षीय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ । यसैगरि, धरान ५ ठेगाना भएका ४८ बर्षीय पुरुष, धरान १० ठेगाना भएकी ३९ बर्षीया महिला, धरान ३ ठेगाना भएकी ३१ बर्षीया महिला, धरान ३ कै एक पुरुष र धरान १५ ठेगाना भएका एक पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार धरान ठेगाना भएका १७ जनाको रिपोर्ट पोजेटिभ आएपनि को कहाँका हुन् भन्ने पुर्णजानकारी भने बुधबार मात्र थाह हुनेछ । तर, टेलिकमका एक कर्मचारीसँग सम्पर्क गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको भनेर पुष्टि गरेको मेहताले बताए । ‘टेलिकममा एक जनालाई संक्रमण भएको थियो, कन्ट्याक ट्रेसिङबाट पिसिआर गर्दा थप ७ जनामा संक्रमण देखिएको हो,’मेहताले भने ।