धरान: कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरुलाई २ सातामा पनि लक्षण नदेखिए पिसिआर परिक्षण नगरिने भएको छ ।
वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज एक सुचना जारी गर्दै आइसोलेसनमा बसेको २ हप्तामा पनि लक्षण नदेखिएका विरामी तथा प्रतिष्ठानका शिक्षक, कर्मचारीहरुलाई अब आइन्दा पिसिआर परिक्षण नगरिने, गर्नु नपर्ने निर्णय भएको जानकारी दिएका छन् ।
यस्तै, प्रतिष्ठानको वार्ड तथा अन्य कार्यालय, स्थानमा पोजेटिभ व्यक्तिसँग शिक्षक, कर्मचारीहरुको कन्ट्याक भएमा तुरुन्त परिक्षण नगराउन र ७ दिन क्वारेन्टिनमा बस्न पनि सुचनामा उल्लेख गरिएको छ । क्वारेन्टिनमा ७ दिनसम्म बस्दा लक्षण देखिएमा मात्र चिकित्सकको प्रस्क्रिप्सनको आधारमा परिक्षण गर्ने र लक्षण नदेखिएमा परिक्षण नगर्ने निर्णय भएको पनि सुचनामा उल्लेख छ ।