विराटनगर: प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् ।
दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् ।
मोरङको सुन्दरहरैचामा १३ महिला र ८ पुरुष, कटहरीमा ७ महिला र १२ पुरुष, बुढीगंगामा १ महिला र ४ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, सुनसरीको धरानमा २८ महिला र २६ पुरुष, इटहरीमा ६ महिला र १२ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, रामधुनीमा २ महिला र २ पुरुष, बर्जुमा १ महिला र ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला र २ पुरुष रहेका छन् । झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बा¥हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरि संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा स.क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ ।
प्रदेश १ मा आज ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ । प्रदेश १ मा आज ६६६ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १३५ पुरुष र १९५ महिला रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।