धरान: धरानमा आज थप ४८ जनामा कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा २ बर्षका बच्चादेखि ८० बर्षका ज्येष्ठ नागरिकसम्म छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २४ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा वडा नं १८ ठेगाना भएका १६ महिला र १० पुरुष गरि २६ जना छन् । उनीहरु अधिकांश वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, कर्मचारीहरु भएको मेहताले बताए ।

यसैगरि, वडा नं १ मा एक जना पुरुष, वडा नं २ मा एक महिला र २ पुरुष, वडा नं ७ मा १ महिला, वडा नं ९ मा एक पुरुष, वडा नं ११ मा २ पुरुष, वडा नं १२ मा १ पुरुष, वडा नं १५ मा ४ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, वडा नं १६ मा १ महिला र १ पुरुष, वडा नं १७ मा १ पुरुष, वडा नं १९ मा १ पुरुष र वडा नं २० मा १ महिला छन् भने वडा नखुलेका २ महिला र २ पुरुष छन् ।