धरान: चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ ।
शनिबार राती सहमति भएपछि डा.केसीले आज बिहान अनशन तोडेका छन् । डा.केसी १९ ओं अनशनमा थिए । त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएर डा.केसीको अनशन तोडाए । डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले राती ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सरकार र डा.केसीबीच सहमति भएपछि चिकित्सक संघ, विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले घोषित आन्दोलन पनि फिर्ता लिएका छन् । डा. केसीले भदौ २९ गते जुम्लादेखि अनशन शुरु गरेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि काठमाण्डौं लगिएको थियो ।