विराटनगर: प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युको छ । यो सँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जनाको मृत्यु भएको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिए ।

प्रदेश १ मा सबैभन्दा बढी मोरंगका ४५ जनाको मृत्यु भएको छ भने सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आजसम्म १ लाख ३७ हजार ५ सय १७ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।