धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पहिलो चरण नाम दर्ता र बिल लिनदेखि नै विरामीले झञ्झट व्यहोर्नुपर्ने हुन्छ ।
विल काउण्टरमा हुने भिडले घण्टौं लाइनमा उभिएर विरामीको नाम दर्ता गरेर ओपिडी बिल काट्नुपर्ने यो झञ्झटबाट भने अब मुक्ति मिल्ने भएको छ । प्रतिष्ठानले भोली सोमबारदेखि ओपिडीको लागि अनलाइनबाट नै रजिष्ट्रेसन र बिल काट्ने व्यवस्था शुरु गरेको छ । यसको लागि प्रतिष्ठानले BPKIHS App तयार गरेको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आइतबार साँझ एक सुचना जारी गर्दै सोमबारदेखि अनलाइन रजिष्ट्रेसन तथा टिकटिङ सेवा सुरुवात गर्ने निर्णय गरिएको जनाएका छन् । साथै उनले एन्ड्रोइड फोनमा गुगल प्लेस्टोरबाट BPKIHS App डाउनलोड गरेर ओपिडीको अनलाइन टिकट काट्न सकिने पनि जानकारी दिएका छन् ।
प्रतिष्ठानका अनुसार एपमा गएर आफ्नो व्यक्तिगत विवरण भर्ने र आफुलाई चाहिएको विभागमा टिकट दर्ता गर्न सकिनेछ । त्यसपछि खल्ती, इ सेवा वा आइएमई पेबाट तोकिएको रकम तिर्न सकिनेछ ।
बिहान ८ बजेभन्दा अगाडि अनलाइन टिकट काटेमा सोही दिन र सो समय पछि दर्ता गरेमा अर्को दिनका लागि दर्ता हुने प्रतिष्ठानले जनाएको छ । अनलाइन टिकट काटेपछि विरामीले अस्पतालमा सिधै सम्बन्धीत विभागको ओपिडी भित्रकै दर्ता काउन्टरमा गएर ओपिडी कार्ड लिएर चिकित्सककोमा जानुपर्ने हुन्छ ।
‘यो सेवाले लाइनमा धेरै बस्न पर्दैन, र अहिले जुन भिडभाड हुन्छ, ओपिडी बिल काउन्टरमा त्यो कमी आउछ भन्ने हामीले आशा गरेका छौं,’अस्पताल सहायक निर्देशक डा.प्रमोद वरालले भने । यो सेवा हाल दैनिक नियमित ओपिडीको लागि मात्र उपलब्ध भएको प्रतिष्ठानको भनाई छ । भविष्यमा प्राइभेट ओपिडीको लागि पनि सेवा क्रमशः उपलब्ध गराउदै जाने प्रतिष्ठानको भनाई छ ।
यसरी काट्ने अनलाइन टिकट: