इटहीः इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणको लागि स्वाबको नमुना संकलन बन्द गरेको छ ।
आज एक सुचना सार्वजनिक गर्दै उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीले विराटनगर र धरानको ल्यावमा स्वाव परिक्षण गर्दा आवश्यक पर्ने रिएजेन्ट अभाव रहेको जानकारी पाएको भन्दै स्वाव संकलन बन्द गरिएको जानकारी दिए । 'ल्याबलाई आवश्यक पर्ने रिएजेन्ट केन्द्र र प्रदेश सकारले दिने हो,'उनले भने,'अब कति दिन अभाव हुने हो त्यसले हामीले स्वावको नमुना लिने वा नलिने भर पर्छ ।'
इटहरीमा ७ हजार बढिको पिसिआर परिक्षण गरिसकेको नगरपालिकाको रेकर्ड छ । हिजोसम्मको डाटा अनुसार इटहरी उपमहानगरपालिका क्षेत्र भित्र मात्र कोरोना सँक्रमितको सँख्या ८ सय नाघेको छ । दिनहुँ सँक्रमित बढिरहँदा पिसिआर परिक्षण गर्न निजि स्वास्थ्य सँस्था धाउनुपर्ने बाध्यात्मक अवस्थाको सृजना भएको छ । सरकारी सँस्थामै रिएजेन्ट अभाव हुनुले सरकारी व्यवस्थापनको खिल्लि उडेको छ ।
नेपाल सरकारले मंगलवार सुचना जारी गर्दै पिसिआर परिक्षणको शुल्क २ हजारबाट १ हजार पुुर्याएको बताएको छ । अब देखि कुुनै पनि ल्यावले शुल्क लिएर पिसिआर परिक्षण गर्दा १ हजार भन्दा बढि शुल्क लिन पाइने छैन । तर, स्थानीय पालिकाले भने ल्याबको अभावदेखाउँदै पिसिआर गराउन बन्द गरेपनि कोरोनाका लक्षण देखिएकाहरु समस्यामा परेका छन् ।