धरान: धरानमा आज ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार एन्फा क्वारेन्टिनस्थलमा स्वाब संकलन गरिएका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएकाहरुमध्ये ११३ जनाको पिसिआर पोजेटिभ आएको हो । सोमबार एन्फामा ४९ जनाको स्वाब संकलन भएको थियो । ती मध्ये २७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेहताले बताए ।
पोजेटिभ आएका अन्य ६४ जनाको स्वाब भने वीपी प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको थियो । हिजो मंगलबार एन्फा क्वारेन्टिनमा स्वाब २१९ जनाको स्वाब संकलन भएको थियो । त्यसको रिपोर्ट आउन भने बाँकी नै रहेको पनि मेहताले खुलाए ।