धरान: कोरोना भाइरसका संक्रमितले उपचार खर्च व्यहोर्न नसके सरकार आफैले उपचार गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आज शुक्रबार भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओ‌लीले संक्रमित आफैले कोरोना उपचार गर्न नसक्ने स्वघोषणा गरे सरकारले नै उपचार गरिदिने बताएका हुन् । उनले महामारीमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको पनि बताए । ‘महामारीमा नागरिकको रक्षा गर्नु सरकारको निस्सर्त दायित्व हो। तपाईंहरू मतबाट निर्वाचित सरकार त्यो दायित्वबाट विमुख हुन सक्दैनरभएको छैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्,‘तपाईंहरू निश्चिन्त हुनुस् कोरोना संक्रमितको परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्छ।’

प्रधानमन्त्री ओलीले कोरोनाबारे विभिन्न आफवाह फैलाइएको पनि बताएका छन् ।'केही दाजुभाइ तथा दिदी बहिनीले आफ्नै खर्चमा निजी अस्पतालमा उपचार गरिरहनुभएको छ। त्यो उहाँहरूले राज्यलाई गरेको सहयोग हो,’ प्रधानमन्त्री ओलीले भने,‘सक्दिनँ भनेर स्वघोषणा गरेका सबैको उपचार सरकारले गर्छ।’ उनले सरकारले प्रभावकारी कदम चालेकाले नै नेपालमा कोरोनको मृत्युदर ०।६ प्रतिशत माथि नगएको दाबी गरे। प्रधानमन्त्री ओलीले यसपालि पोहोर(परारभन्दा फरक तरिकाले दशैं मनाउन पनि आग्रह गरेका छन्। ‘जो जहाँ छौं त्यहीँ दशैं मनाउन आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘मैले पनि यसपालि बालुवाटारमा सार्वजनिक टीका ग्रहणको कार्यक्रम नराख्न निर्देशन दिइसकेको छु।’