इटहरी: इटहरी उपमहानगरले पिसिआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने भएको छ ।
कोभिड उपचार तथा पिसिआर जाँचको लागि सहकार्य गर्न इटहरी उपमहानगरपालिका र प्रतिष्ठानबीच वैठक पनि सम्पन्न भएको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पिसिआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन प्रतिष्ठानसँग सहकार्यको प्रस्ताव गरेका थिए । उपप्रमुख लक्ष्मी गौतमले अहिलेसम्म प्रतिष्ठानले गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै इटहरीको कोभिडको अवस्था र चुनौतीका वारेमा जानकारी गराइन् । इटहरीको प्रस्तावमा प्रतिष्ठानले आन्तरिक छलफल गरेर जानकारी गराउने उनले बताइन् ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले इटहरी उपमहानगरसँग आपसी सहकार्य गरिने वताए । वैठकमा सहभागी इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमलाले सम्झौताको खाका तयार गरेर सहकार्य अघि वढने जानकारी दिए । वैठकमा इटहरी वडा नम्वर ९ का अध्यक्ष भूपेन्द्र वराल, वडा सदस्य कुमारी न्यौपाने, इटहरी अस्पतालका निमित्त प्रमुख डा.मनिष शर्मा, जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देल सहभागी थिए ।