इटहरी: इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।

इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गरेका छन् । इटहरी अस्पतालमा नीजि स्वास्थ्य संस्थाहरुको भन्दा सुलभ मुल्य ६ सयमा भिडियो एक्स रे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिश शर्माले जानकारी दिए । इटहरी अस्पतालमा आएका विरामीलाई भिडियो एक्स रेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेको वडा नम्वर ९ का वडा सदस्य गणेश खत्रीले खुशी ब्यक्त गरे ।

आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतीमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवं इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले दावी गरे । अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज बनाउन भिडियो एक्स रे उपलब्ध गराएको भन्दै इटहरी उपमहानगर र अस्पताल समिति नेतृत्वलाई धन्यवाद व्यक्त गरेका थिए ।