विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ ।

आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा मोरङमा १३ हजार ११२ जना छन् भने सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१ र धनकुटामा २०७ जना छन् । यसैगरि, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७ र सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण भएको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएसँगै २८ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६८४ जना निको भएका छन् भने सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२, उदयपुर ४८२, इलाममा ४४७, संखुवासभा ३२८, धनकुटामा १८७ र पाँचथरमा १४१ जना निको भइसकेका छन् । यसैगरि, ताप्लेजुङमा ११४ ते¥हथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५ र सोलुखुम्वुमा ३५ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिरका ९३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल होमआईसोलेसनमा ६५८ रहेका छन् । प्रदेश १ मा आजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।