धरान: हिजो (शनिबार) राती मोरंगको उर्लाबारीस्थित पुर्वपश्चिम लोकमार्गमा विपरीत दिशाबाट आउदै गरेको ट्रक र स्कुटर एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका ४ भद्रमारीमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र १-०१-००१ क १०३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर जुधेको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार ट्रकसँग ठोक्किदा स्कुटर चालक उर्लाबारी ८ का २२ बर्षीय सुदिप भुजेल र स्कुटरमा पछाडी सवार २३ बर्षीय प्रदिप धामीको मृत्यु भएको हो ।
दुवै गम्भीर घाइते भएपछि उपचारको लागी अरनिको अस्पताल उर्लाबारी लगिएके थियो । दुवैको उपचारको क्रममा ८ बजेर २० मिनेटमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । हाल दुबै सवारी साधन र ट्रक चालक झापाको कमल गाउँपालिका ६ का ४३ बर्षीय भिम बहादुर दाहाल ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेको छ । दुर्घटनाको कारण तीब्र गति भएको प्रहरीको भनाई छ ।