सिरहा: प्रदेश नं २ को जिल्ला सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।
विष्फोटमा परि दुई कर्मचारीसहित आधा दर्जन बढी घाइते भएका छन् । विष्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा टुक्राटुक्रा अवस्थामा भेटिएको छ । कार्यालयमा दिउँसो करिब १ बजेतिर बम विष्फोट भएको थियो ।
विष्फोटमा परि घाइते नायक सुब्बा शिवकुमार यादवको अवस्था गम्भीर रहेको छ । यस्तै, सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यस्तै, कार्यालयका नायब सुब्बा शिवकुमार यादव, भोलाबहादुर मगर, बेचनी मगर, फुलकुमारी ठाकुर, लालबहादुर बिक र बद्रीनारायण मण्डल घाइते भएका छन् । कार्यालयको पहिलो तला कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोट पनि आगलागी पनि भएको थियो ।