काठमाण्डौं: नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुनबाट रोक लगाउन सिफारिस गरेको छ। 

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले सिफारिसबारे निर्णय गर्ने बताइएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएकोले स्कुल, कलेज, सिनेमा हल जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस भइसकेको छ । गत बर्ष चैत ११ गतेदेखि लकडाउनको कारण बन्द भएको शैक्षिक संस्थाहरु सञ्चालनमा आएको धेरै भएको छैन । यस्तै, सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेसहरु पनि भर्खर मात्र खुलेको छ ।

हाल संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको छ भने संक्रमण दर पनि बढ्दै गएकोले सरकारले सावधानी अपनाउन सबैलाई आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अचेल भइरहेको भीडभाड पुर्णरुपमा बन्द गर्नुपर्ने बताए । अस्पतालहरुको आईसीयूमा बिरामीहरु धेरै नै भर्ना भइसकेको भन्दै उनले ध्यान नदिए संक्रमण बढेर स्थिति गत बर्षको जस्तै भयावह हुनसक्ने उनले बताए । उनले भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउन आग्रह गरेका छन् ।