धरान: कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाइसकेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पताल निर्देशक डा.साहलाई आज संक्रमण पुष्टि भएको हो । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोपको डोज पुरा गरिसकेका थिए । खोपको डोज पुरा गरेपनि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि आज(आइतबार) साँझ अस्पताल निर्देशक डा.साहले सुचना जारी गर्दै प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई सरकारबाट जारी भएको निर्देशिका अनुसार सर्तकता अपनाउन पनि आग्रह गरेका छन् ।

 अस्पताल निर्देशक डा.साहका अनुसार विराटनगरमा रहेका छोरालाई संक्रमण देखिएको थियो । छोराको सम्पर्कमा आफु पुगेको कारण पिसिआर जाँच गर्दा पोजेटिभ देखिएको उनले बताए । परिवारका सबैको पिसिआर जाँच गराएपनि आफ्नो मात्र पोजेटिभ आएको डा.साहको भनाई छ ।

gauri