विराटनगर: प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरंगमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी, र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८७८ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २१५ पुगेका छन् । प्रदेश १ मा आज २९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ४५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।