विराटनगर: प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । 

थप भएका मध्ये मोरंगमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७ जना छन् भने बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२ जना र कानेपोखरीमा १ जना छन् । 

यस्तै, सुनसरीको इटहरीमा ११ छन् भने धरानमा ७ जना, इनरुवा र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१ जना संक्रमित पुष्टि भएको छ । झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ भने खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ४०४ पुगेका छन् । प्रदेश १ मा आज ५२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।