धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको गए राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको थियो । कोभिड पोजेटिभ भएपछि मृतकलाई विराटनगरको नोबेल अस्पतालले रिफर गरेको थियो । उनलाई बैशाख ७ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा ९ गते भर्ना गरिएको थियो ।