इटहरी: इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने भएको छ ।
इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए । शव ब्यवस्थापनका लागि गाढने संस्कार भएकाहरुको लागि इटहरी २ स्थित जंगलमा र जलाउने सँस्कार भएकाहरुका लागि इटहरी ११ स्थित बुढीखोला भागलपूर पुल उत्तर पटिट स्थान तोकिएको छ । अन्त्येष्टीमा २५ जनासम्म मात्र सहभागी भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम सस्कार गर्नुपर्ने छ ।
यसैबिच इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि पाँच दिनका लागि सो शाखावाट हुने सवै सेवा वन्द गरिएको छ । शाखा प्रमुख नविन भटटराईका अनुसार आजदेखि पाँच दिनसम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखावाट हुने कर लगायतका सवै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरुवाट हुने कर संकलन कार्य भने नियमिति हुने उनले बताए ।