धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

सप्तरी जिल्लाको २४ बर्षीय युवाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको कोभिड अस्पतालमा मध्यराती १२ बजेर १० मिनेटमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकलाई बैशाख ९ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा १३ गते भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।