धरान: धरानका मेयर तिलक राई र परिवारको ऐन्टि जेन रिपोर्ट नेगेटिभ आएको छ ।

उनका सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि मेयर राईसहित परिवारका १० जनाको बिहिबार साँझ एन्टि जेन परीक्षण गरिएको थियो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पनि एन्टि जेन रिपोर्ट पोजेटिभ आएकोले मेयर राईको पनि आकस्मिक रुपमा एन्टि जेन परीक्षण गरिएको थियो । 

मेयरसहित सबै जनाको एन्टि जेन परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एन्टि जेन परीक्षण भनेको शरीरमा कोभिड १९ को भइरस भए नभएको सिधै पत्ता लगाउने परीक्षण विधि हो । यो निक्कै भरपर्दो मानिन्छ । पिसिआर परीक्षणकै हाराहारीमा यो विधि भरपर्दो हरहेको छ । यो विधिमा आधा घण्टाभित्रै रिपोर्ट आउछ ।