धरान: उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका ५९ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उनको हिजो दिउँसो साढे २ बजे कोभिड १९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । दीर्घरोगी समेत रहेका मृतकलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो भने १४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको शव नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।