धरान: लकडाउनको बेला व्यापारीहरुले सतप्रतिशत नाफा लिएर कालोबजारी भइरहेको र उपभोक्ताहरु मारमा परेको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नियन्त्रण गर्न माग गरेको छ ।

अध्यक्ष हिमाल श्रेठले विज्ञप्ती जारी गर्दै कोरोनाको त्रासमा रहेका जनता महंगीको मारले गर्दा राशन खरीद गर्न नसकि भोकै मर्ने स्थिति आएको भन्दै अस्वभाविक मुल्य वृद्धि तत्काल रोक्न माग गरेका हुन् । साथै, भौतिक दुरी कायम गर्दै यथासिघ्र बजार अनुगमन गर्न पनि तरुण दलको माग छ ।

‘त्यस्ता सतप्रतिशत मुनाफा खाने व्यापारीहरुलाई तत्काल कडा भन्दा कडा कारबाहीको माग गर्दछौं,’विज्ञप्तीमा भनिएको छ । अनुगमन कार्यलाई सम्बन्धित निकायहरुले अघि नबढाए तरुण दल आफैले अनुगमन गर्न बाध्य हुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । 

tarun