धरान: १४ औं गणतन्त्र दिवसको अवसरमा शनिबार धरानमा दिप प्रज्वलन गरिएको छ ।
नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ, अनेम संघ, अनेरास्ववियु र जिफन्ट धरानको संयुक्त आयोजनामा भानुचोकमा दिप प्रज्वलन भएको हो । कोभिड १९ को कारण निषेधाज्ञा जारी भएको कारण सिमित संख्याको उपस्थितिमा दिप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमलाई एमाले नेता मोतिराज सुनुवारले संक्षितप्तरुपमा सम्बोधन गरेका थिए । गणतन्त्र ल्याउन धेरै नेपालीहरुले साहदत प्राप्त गरेको, जेलनेल भोगेको भन्दै उनले अहिले मुलुकलाई समृद्ध बनाउन अघि बढेको बताए । कोरोनाले देशलाई नै थिलथिलो बनाएको बेला पनि गणतन्त्र दिवस मनाउन आफुहरु उपस्थित भएको उनको भनाई थियो ।