इटहरी: नीजि तथा आवाशिय बिद्यालय अर्गनाईजशन प्याब्सन इटहरी नगर समितीको अबिधेशनले पुण्यप्रसाद सापकोटाको अध्यक्षमा १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।
इटहरीमा सम्पन्न दोस्रो नगर अधिबेशनले लिटिल फ्लावर इंलिस स्कूलका सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको नवनिर्वाचित सचिव राजेश कुमार श्रेष्ठले जानकारी दिए । समितिको उपाध्यक्षमा शिखर एकेडेमीका सूर्यमणी निरौला, सचिवमा इष्टवेष्ट पोइन्ट इंगलिस स्कुलका राजेश कुमार श्रेष्ठ, सहसचिवमा पूर्वाञ्चल हायर सेकेण्डरी इंगलिस स्कुलका सौधन राई र किड्स ह्याप्पी होम स्कुलकी संचालक रिता भुषाल चयन भएका छन्।
यस्तै, कोषध्यक्षमा सुनसरी किण्डर वल्र्ड स्कुलका हेमन्त भटराई, सहकोषध्यक्षमा इटहरी नोबल एकेडेमीका राजेन्द्र श्रेष्ठ पनि चयन भएक छन् । समितिको सदस्यहरुमा बालबिकास इंगलिस स्कुलका शिब नारायण चौधरी, शान्तिनगर स्कुलका प्रदिप बिष्ट, पर्फेक्ट इंगलिस स्कुलका राम कुमार गिरी, डिभाइन लभ स्कुलकी अस्मिना राउत, भेलवेट एकेडेमीका भिक्टर पौडेल, सनराइज बोडिंग स्कुलका लक्ष्मी लिम्बु, नर्थप्वाइन्ट हाइयर सेकेण्डरी इंगलिस स्कुलका राजन दाहाल र हिमाली इंगलिस स्कुलका श्याम माझी चयन भएका छन् । नवनिर्वाचित कार्यसमितीका पदाधिकारीको पदस्थापना यसै साता गरिने सचिव श्रेष्ठले जानकारी दिए । प्याब्सन इटहरी नगरसमितिमा १ सय बढी बिद्यालय आबद्ध रहेका छन् ।