मोरङ: मोरङको उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधीसहित ३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । उनीहरुलाई हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ४१७ क्याप्सुल र स्पास्पेन ४१७ क्याप्सुल वरामद भएको छ । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।