सुनसरी: नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्जं धर्मराज निरौला नेता, कार्यकर्ताहरुसहित औपचारिकरुपमा नेकपा एसमा प्रवेश गरेका छन् ।

केही दिनअघिदेखि उनी नेकपा एसमा प्रवेश गर्ने हल्ला थियो । नेकपा एसले एमालेका ५ सय कार्यकर्ताहरुसहित पार्टी प्रवेश गर्ने दाबी गरेपनि आइतबार इटहरीमा आयोजित कार्यक्रममा ३ सय ५७ जना प्रवेश गरेको जनाएको छ । निरौलाको नेतृत्वमा ६७ जना एमालेका संगठित सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी, गाउँपालिका कमिटीका नेता, कार्यकर्ताहरु पार्टी प्रवेश गरेको नेकपा एसले जनाएको छ । नेकपा एसका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरौला सहित विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए । निरौलालाई नेकपा एसको पोलिटव्यूरो सदस्यको जिम्मेवारी समेत दिएको जनाएको छ । 

आइतबार सुनसरीको इटहरीमा अनेरास्ववियूको प्रदेश एक स्तरिय अधिवेशन भएको थियो । सोही कार्यक्रममा निरौलासहित नेताहरुलाई अध्यक्ष नेपालले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निरौलाले एमालेको सुनसरी जिल्ला र प्रदेश अधिवेशन पछि थुप्रै नेता तथा कार्यकर्ताहरु नेकपा एसमा आउने दाबीसमेत गरेका थिए । उनले भने, 'केही साथीहरु जिल्ला अधिवेशन कुरिरहनु भएको छ, केही साथीहरु प्रदेश अधिवेसनसम्म पनि प्राविधिक कारण बस्नुहुन्छ, र हामीसँगै समाहित हुन आईपुग्नुहुन्छ ।'

निरौलाले क्लिकधरानसँग कुरा गर्दै एमाले र केपी ओली नसुध्रिएको कारण नेकपा एसमा प्रवेश गरेको बताए । उनले भने, 'केपी ओलीले एमालेलाई झुण्ड बनाए । त्यहाँ विरोध गर्न नपाइने, आफ्नो मात्र कुरा लाद्ने । एमाले व्यक्तिवादी निरंकुश भयो । कम्नयुनिष्ट आन्दोलनको सिद्धान्त छोडदै गयो र व्यक्तिवादी दलाल पुजीवादी बाटोमा गयो । लेलिनवादी संगठनान्तमक सिद्धान्त विपरीत केपी कमरेडको एकल कम्पनी लिमिटेड भयो । त्यसैले मलगायत थुप्र्रै कमरेडहरुले एमाले छोडेका हौ, अझै धेरैले छोड्दै हुनुहुन्छ ।' 

dharma-1