धरान: इनरुवामा जारी नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशनले नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया थालेको छ।

हिजो आइतबार उम्मेद्वारी मनोनयन दर्ता भइसकेको छ । त्यसक्रममा १६ जना निर्विरोध निवार्चित भएको एमाले जिल्ला निर्वाचन कमिटीले जानकारी दिएको छ । निर्विरोध निवार्चित हुनेहरुमा भुगोलतर्फको सदस्यमा बर्जु गाउँपालिकाको महिला कोटामा सोमकुमारी गुरुङ राय रहेकी छिन् । यस्तै, कोशी गाउँपालिकाको खुल्लाबाट सदस्यमा कमलेश्वरी खेरवार, कमलेश्वरी यादव र श्याम सुन्दर सिंह निवार्चित भएका छन् भने कोशीबाटै महिला सदस्यमा अनिता उराव पनि निर्विरोध चयन भएकी छिन् ।

यस्तै गरि, भोक्राहा नरसिंह गाँउपालिकाबाट खुल्लातर्फबाट सदस्यमा रमेश प्रसाद यादव, बाबुराम साह र डिल्लीबहादुर बिष्ट निवार्चित भएका छन् भने हरिनगर गाउँपालिकाको महिला कोटाबाट सुनिताकुमारी मेहता र देवानगञ्ज गाउँपालिकाको महिला कोटाबाट शोभा मेहता पनि निर्विरोध निवार्चित भएकी छिन् ।

यसैगरि, मधेशी महिला २ जना कोटामा रेखादेवी मेहता र सवितादेवी मेहता निवार्चित भएका छन् भने मुश्लिम महिला कोटामा जमिला खातुन पनि निवार्चित भएकी छिन् । यस्तै, मजदुर महिलातर्फ यामकला मग्राती र सञ्जु प्रधान निर्विरोध निवार्चित हुँदा बुद्धिजिवि महिलातर्फ अनिता शर्मा गुँरागाई पनि निर्विरोध निवार्चित भएकी छिन् । 

भुगोलतर्फ धरानबाट खुल्ला र महिलामा यी हुन् उम्मेद्वार:

cpn1

भुगोलतर्फ सदस्यहरुमा धरानको खुल्ला ७ जनाको कोटा छ भने महिलातर्फ ३ जनाको कोटा छ । सात जनाको कोटामा खुल्लामा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै, ३ जना मात्र कोटा भएको महिलामा ४ जनाको उम्मेदवारी परेको छ ।

उम्मेद्वारहरुको सुची: