धरान: नेकपा एमाले धरानको विभिन्न वडाको विवाद टुंगिएको छ ।
वडा अधिवेशनको क्रममा तत्कालिन संस्थापन समुह र जेठ २ बुँदे पक्षधरबीच सहमति नहुँदा धरानको विभिन्न ६ वटा कमिटीमा अलग अलग कमिटी गठन भएको थियो । ती वडाहरुको विवाद करिब ३ महिनापछि टुंगिएको हो । यसअघि नगर पनि समानान्तर कमिटी गठन भएको थियो । उक्त कमिटीको विवाद पनि मिलिसकेकोछ ।
कार्तिक पहिलो साता एमालेको वडा अधिवेशनमा धरानको वडा नं १, ५, ८, १०, ११ र १७ कमिटीमा संस्थापन र जेठ २ पक्षबीच सहमति नजुट्दा अलग अलग कमिटी गठन भएको थियो । यो विवाद समाधान गर्न जिल्ला कमिटी सदस्य मिनकुमार सुब्बा, नारायण सुवेदी र धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङ लिम्बु रहेको ३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले विभिन्न चरणमा छलफल गरेर विवाद समाधानको लागि सिफरिश गरेको र त्यसलाई धरान उपमहानगर कमिटीको पदाधिकारी बैठक बसेर निर्णय गरिएको अध्यक्ष एभेङले जानकारी दिए । ‘कार्यदलको सिफारिश पदाधिकारी बैठकले निर्णय गरेर वडा कमिटीहरुमा कार्यान्वयन गर्न सर्कुलर पठाइसकेको छ,’अध्यक्ष एभेङले भने ।
के छ कार्यदलको सिफारिश र पदाधिकारी बैठकको निर्णयमा ?
वडाको विवाद समाधान गर्न ११ जनालाई उपमहानगर कमिटीमा मनोनित गरिएको छ । मनोनित हुनेहरुमा वडा नं १ बाट केशव श्रेष्ठ र भरत सुवेदी, वडा नं ५ बाट चन्द्र भुजेल, वडा नं ८ बाट लक्ष्मण दास, वडा नं १० बाट गणेश श्रेष्ठ छन् ।
यस्तै, वडा नं ११ बाट कल्पना मगर, शक्तिबिक्रम राई र शुभ लिम्बु रहेका छन् भने वडा नं १५ बाट संग्रामसिंह लिम्बु, वडा नं १७ बाट कुलचन्द्र न्यौपाने र विजय राईलाई पनि उपमहानगर कमिटीमा मनानित गरिएको एमाले धरानले जनाएको छ ।
विवादित वडाहरुमा के भयो निर्णय ?
वडा नं १:
वडा नं १ को इञ्चार्जमा केशव श्रेष्ठ र सहइञ्चार्जमा शारदा थापा मगरलाई जिम्मेवारी दिइएको छ । अध्यक्षमा मनोज अग्रवाललाई जिम्मेवारी दिदै उनको नेतृत्वको कमिटीलाई वैधानिकता दिदै निरन्तरतता दिने निर्णय एमाले धरानले गरेको छ ।
वडा नं ५:
अर्को विवादित वडा नं ५ कमिटीको इञ्चार्ज चन्द्र भुजेल र सहइञ्चार्जमा विष्णु सुनारलाई जिम्मेवारी दिइएको छ । यस्तै, वडा कमिटी अध्यक्षमा विजय राई, उपाध्यक्षमा स्वर्णिमहाङ फोम्बो, सचिवमा सुनिता राई, उपसचिवमा रमेश बोहोरा र निशा तामाङलाई जिम्मेवारी दिइएको छ ।
उक्त वडामा २ वटा कमिटीमा रहेका सदस्यहरुलाई विधान अनुसारको सदस्य संख्या चयन गर्ने जिम्मेवारी इञ्चार्ज, सहइञ्चार्ज, पदाधिकारी र वडाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुसँग सल्लाह गर्ने गरि जिम्मेवारी दिइएको एमाले धरानले जनाएको छ ।
वडा नं ८:
वडा नं ८ कमिटीको विवाद समाधान गर्न इञ्चार्जमा धनबहादुर राई र सहइञ्चार्जमा लक्ष्मण दासलाई जिम्मेवारी दिइएको छ भने अध्यक्षमा विश्वराम कार्की, उपाध्यक्षमा गंगा भुजेल, सचिवमा लिला बास्तोला, उपसचिवमा सुमन श्रेष्ठ र निशल लिम्बुलाई जिम्मेवारी दिइएको छ ।
वडामा २ वटा कमिटीमा रहेका सदस्यहरुलाई विधान अनुसारको सदस्य संख्या चयन गर्ने जिम्मेवारी इञ्चार्ज, सहइञ्चार्ज, पदाधिकारी र वडाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुसँग सल्लाह गर्ने गरि जिम्मेवारी दिइएको एमाले धरानले जनाएको छ ।
वडा नं १०:
विवादित रहेको वडा नं १० कमिटीका पनि समाधान गर्न इञ्चार्जमा कृष्णबहादुर राई र सहइञ्चार्जमा गणेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ भने अध्यक्षमा विवेक राईलाई जिम्मेवारी दिइएको छ । साथै, विवेक राईको नेतृत्वमा रहेको कमिटीलाई वैधानिकता दिदै सोही कमिटीलाई निरन्तरतता दिएको पनि एमाले धरानले जनाएको छ ।
वडा नं ११:
वडा नं ११ कमिटीको विवाद समाधान गर्न इञ्चार्जमा बाबुलाल लामा र सहइञ्चार्जमा राजेश आचार्यलाई जिम्मेवारी दिइएको छ । यस्तै, वडा कमिटी अध्यक्षमा किरण भुजेल, उपाध्यक्षमा कृष्ण रिजाल, सचिवमा इन्द्रकुमार राई, उपसचिवमा रोगेन्द्र राई र लक्ष्मी राईलाई जिम्मेवारी दिइएको एमाले धरानले जानकारी दिएको छ।
वडामा विगतमा रहेको २ वटा कमिटीका सदस्यहरुलाई विधान अनुसारको सदस्य संख्या चयन गर्ने जिम्मेवारी इञ्चार्ज, सहइञ्चार्ज, पदाधिकारी र वडाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुसँग सल्लाह गर्ने गरि जिम्मेवारी दिइएको एमाले धरानले जनाएको छ ।
वडा नं १७:
वडा नं १७ को कमिटीको इञ्चार्जमा कुलचन्द्र न्यौपाने र सहइञ्चार्जमा मनकुमार राईलाई जिम्मेवारी दिइएको छ भने अध्यक्षमा रेवत जिमी, उपाध्यक्षमा अमिन राई, सचिवमा प्रदिप राई, उपसचिवमा चन्द्रकला राई र प्रताप राईलाई जिम्मेवारी दिइएको छ ।
विगतमा २ वटा कमिटीमा रहेका सदस्यहरुलाई विधान अनुसारको सदस्य कायम गर्ने जिम्मेवारी वडाका इञ्चार्ज, सहइञ्चार्ज, पदाधिकारी र वडाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुसँग सल्लाह गर्ने गरि जिम्मेवारी दिइएको एमाले धरानले जनाएको छ ।