धरान: सरकारले स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं मन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले निर्वाचन आयोगले जेठ ४ गते प्रस्ताव पेश गरेको तर सरकारले बैशाख ३० गते नै गर्ने निर्णय गरेको जानकारी दिए । आयोगले बैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्दा कानुन संशोधन गर्न नपर्ने सुझाव दिएकोले सोही अनुसार निर्णय गरिएको पनि मन्त्रि कार्कीले बताए ।