विराटनग: प्रदेश नंं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।
बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार बैठकले विभिन्न चार वटा विषयमा निर्णय गरेको छ । बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री यादवले जानकारी दिए ।
यसैगरि, बैठकले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ भने प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री यादवले जानकारी दिए ।